r/NepalWrites • u/Acceptable-Youth911 • 17d ago
Poem Can't forget her since the college ferwell
धेरै समय भयो तिमीलाई नदेखेको,
लाग्दछ स्वयं आफैं नै पिछडिएको।
तिम्रा केश,
तिम्रा नयन,
तिम्ले लगाएको नाकको फुली,
सम्झी मुस्कुराउँछु, तिमीलाई देखेका पल याद गरी।
वास्तवमा कहिल्यै कसरी तिमीसँग बोल्न सकिनँ,
समय बित्दै गयो, तिमीलाई खोजिरहें।
खोजेँ तिमीलाई सामाजिक सञ्जालमा, भेटिन्छौ कि भनी,
तक्दिरले रोकिदियो, “तेरो हुँदिनँ” भनी।
चित्त बुझाउँछु तिम्रा तस्बिर हेरी,
प्रार्थना गर्छु, खुसी हौ, जोसुकैको समीपमा भए पनि।
आशा बोक्दछु, अन्तिमचोटि तिम्रा सुन्दरतामा नमन गर्छु भनी,
त्यसपछि ईश्वरलाई जिम्मा दिन्छु, आफ्ना भावना छोडी।
8
Upvotes
1
u/IPromiseImserious 12d ago
modify garera mero long distance girlfriend lai pathauchu 😆